Friday, September 28, 2012

दशैं भन्नु यस्तै रैछ दशा मात्र आउछ साथी ।
हुनेलाई खुशी जम्मै नहुनेलाई दिउसै राती ।

आँगनीमा फूल फुल्दा फुलसंगै पीडा फुल्यो
कहाँ विसाउ मनको वह कहाँ चढाउ फूलपाती ।

कालो बादल कैले फाट्छ कैले खुल्छ निलो गगन
प्रतिक्षा मै मर्छु क्यारे कैले धुनु मनको काती ।

एउटा मर्छ नपचेर अर्को मर्छ नपाई खान
देखेर यो विडम्वना चर्कीरह्यो सधैं छाती ।

यस्तै रैछ तिम्रो संसार लोभ लालच पापैपाप
यस्तो भन्दा सुन दैव नसृजेकै हुन्थ्यो जाती ।

कस्तो विधान दैव तेरो मान्छे विचमा विभेद किन ?
एउटा झर्छ रसातलमा अर्को चढ्छ शीखर माथि ।

टि. बि. सागर
सुनसरी-नेपाल

Tuesday, September 4, 2012

छन्द - शरणि
III SSI SII ISI S
चौथो र सातौ अक्षरमा विश्राम
कहनु के, पीरमा, डुलिरहे सधै
सहनु के, झीरमा, झुलिरहे सधै

विषय यो, सुन्नु भो, अब त हुन्छ के
रहनु के, भीरमा, फुलिरहे सधै

स्खलित मै,  भै रहे,  म कणमा उसै
भनु म के, क्षीरमा, घुलिरहे सधै

सफर के, गर्नु खै, निरस यो पथै
भनु त के, तीरमा, झुलिरहे सधै

नयन के, मान्छ खै, विवश जिन्दगी
नरुनु के, नीरमा, चुलिरहे सधै
                                
                   टि‍. बि. सागर २० भाद्र २०६९

Saturday, August 25, 2012

गए'थे  बहाना  बनाएर  आए
खुशी यो मनैको हराएर आए

Friday, August 10, 2012

छेस्का


मेरो दोष के हो तिमी नै भन
 चिरिन्छ छाती ढुङ्गा त नबन

 यात्रा हाम्रो एउटै त थियो नी
 लक्ष्य फेरियो अब त नभन...
...................................................