छन्दात्मक गजल


कुनै त्यो आकाँक्षा नपाले कै जाती
सबै त्यो फाटेको नटाले कै जाती


बहानामा झुल्दै जिएको वेलामा
उजेलो यो वत्ती नबाले कै जाती


यहाँ यस्तै चाला थियो की अर्कै भो
नसोची पाऊ त्यो नचाले कै जाती


कसो गर्ने होला कहाँ जाने होला
पुरानो आधारै नफाले कै जाती

जलेकै थियो नी थपेरै के पायौ
गलेको मन्लाई नगाले कै जाती

निराशा यो छायो वियोगी भो ज्यानै
नया नौलो बाटो नथाले के जाती

हजारौको वस्ती ढडेलोले खायो
बसाई अन्तै यो नसारे कै जाती

ISS  SSS ISS SSS
य म य  म
सिनीवाली6 मा विश्राम 4 र 9 मा अर्ध विश्राम


No comments:

Post a Comment