स्मृतीका पानाहरु

तिमी मेरो सामु हुदा अत्तरको वास थियो 
स्वार्थी मन तिमी तिरै सामिप्यको आस थियो । 

कति छोटो हाम्रो भेट निमेष मै साँझ ढल्यो 
भन्नु पर्ने तिमीलाई धेरै धेरै वात थियो । 

तिम्रो मेरो भेट हुदा दोबाटोमा अनायसै 
अधरमा लाली छाउदा नजरमा लाज थियो । 

कति घुम्ती आए गए उमेरले नेटो काट्यो 
जिन्दगीको यात्राभरि त्यही पल खास थियो । 

कल्पना मै सहि मेरो अंगालोमा तिमी हुदा 
लाग्थ्यो समय रुकोस जुनेली त्यो रात थियो । 

जात्रा भयो जिन्दगानी तिमी कहाँ म कहाँ 
सगै ज्यूने सगै मर्ने चाहनाको रास थियो । 

No comments:

Post a Comment